कोरोना संक्रमित भेटिएपछि धादिङ थाक्रेको केही ठाउँ सिल, एम्बुलेन्स बाहेक आवात जावात ठप्प

दियो पोस्ट  

धादिङ, ६ जेठ । धादिङ जिल्लामा नयाँ कोरोना संक्रमित पुष्टी भएपछि जिल्लाको थाक्रे गाऊँपालिकाको आशिंक भूभाग सिल गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिन भन्दै थाक्रे गाउँ पालिकाले पूर्व धार्केखोला पुल, पश्चिम आठकिला मोड, उत्तर महेशखोला र दक्षिण ऊडुवादेबी आवासिय माध्यामिक बिध्यालय भित्रको सिमावर्ती क्षेत्रलाई सिल गरेको छ ।
सिल गरेको क्षेत्रमा आगामी जेठ ११ गते राती १२ बजेसम्म आवतजावत गर्न निषेध गरिएको गाँउपालिका अध्यक्ष रामकुमार आचार्यले बताए । । सिल गरिएको ठाँउमा एम्बुलेन्स सेवा बाहेक अन्य आवातजावत बन्द हुनेछन । अहिले गाँउपालिकाको आकस्मिक बैठक बसिरहेको र बैठकपछि आवश्यक निर्णय आउने बताइएको छ ।