बन्दाबन्दीकाबीच जिल्ला अस्पताल धादिङमा गर्भवती महिलाको सफल शल्यक्रिया !

बन्दाबन्दीकाबीच जिल्ला अस्पताल धादिङमा गर्भवती महिलाको सफल शल्यक्रिया !

धादिङ, ८ जेष्ठ । जिल्ला अस्पताल धादिङले अत्यन्त जोखिमका बीच एक गर्भवती महिलाको शल्यक्रिया गरेको छ ।


अस्पतालकै ७ जना कर्मचारीहरुको आरडिटि पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा केही समयमा लागि बन्द रहेको अवस्थामा पनि एक महिलाको शल्यक्रिया गरी प्रसुती गराएको छ ।


सुत्केरी गराउन आएकी नीलकण्ठ नगरपालिका ७ की २५ वर्षीय महिलाको जटिल अवस्था भएकाले काठमाडौ रिफर गरेको थियो । तर, परिवारका आफन्तले काठमाडौं लैजाँदा झनै जोखिम बढ्ने भएकाले जिल्ला अस्पतालमै शल्यक्रिया गर्न आग्रह गरेका थिए ।

जिल्ला अस्पतालका सुचना अधिकारीका अनुसार शल्यक्रिया पश्चात महिला र शिशुको अवस्था सामान्य छ । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दीपा बोहोराले शल्यक्रिया गर्ने निर्णय लिएकी थिइन् ।


जिल्ला अस्पतालमा रहेका डा. रन्जन राठौरको नेतृत्वमा डा. सन्जिव लामा, लेख बहादुर श्रेष्ठ, रेनुका भण्डारी र श्याम गोम्जाको टिमले शल्यक्रिया गरेको थियो ।

Trending News