थप २० जनामा कोरोना भाइरस संक्रमण : आजै ५० जना संक्रमित थपिए, ५ सय ७ पुग्यो

थप २० जनामा कोरोना भाइरस संक्रमण : आजै ५० जना संक्रमित थपिए, ५ सय ७ पुग्यो

काठमाडौँ, ९ जेठ । नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । यसअघि आज विहान नै ३० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । आजमात्रै ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्।

संक्रमितहरु कैलालीका ३ पुरुष ( १९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन्।

यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।

Trending News