आजै थपिए ६८ जना कोरोना भाइरस संक्रमित, कुल संक्रमित ५ सय ८४ पुग्यो !

आजै थपिए ६८ जना कोरोना भाइरस संक्रमित, कुल संक्रमित ५ सय ८४ पुग्यो !

काठमाडौँ, १० जेठ । थप ३६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ । यसअघि आज विहानै ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । आजै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको प्रयोगशालामा कैलालीका ४ जना संक्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङका अनुसार २० वर्षका २ पुरुषसहित चार पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुमा चारैजनामा आरडिटी पोजेटिभ भएपछि पीसीआर गर्दा पोजेटिभ देखिएको हो ।

त्यस्तै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको टेस्टमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बर्दिया बडैयाताल ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Trending News