महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एभरेष्ट युनाइटेड क्लवद्वारा आर्थिक सहयोग

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एभरेष्ट युनाइटेड क्लवद्वारा आर्थिक सहयोग

काठमाडौं, ११ जेठ । महाविर पुनले सञ्चालन गरेको अविष्कार केन्द्रका लागि विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारी छ । अष्ट्रेलिया स्थित एभरेष्ट युनाइटेड क्लब मेलबन अष्ट्रेलियाले पनि पुनले किर्तिपुरमा बनाइरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थीक सहयोग गरेको छ ।


अष्ट्रेलियामा रहेका नेपालीहरुद्वारा सञ्चालित क्लबको माध्यमबाट संकलित १ लाख २० हजार रुपैयाँ अभिभावक संघका केन्द्रीय अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका प्रदेश ३ का अध्यक्ष केशव पुरी मार्फत आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।


उक्त रकम कोरोना भाइरस कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिने डाक्टर, नर्सहरुका लागि प्रयोग हुने पीपीई निर्माणमा प्रयोग गर्ने जनाइएको छ ।
विगतदेखि नै नेपालमा विभिन्न सहयोग जुटाउँदै आएको यो संस्थाले विनाशकारी महाभूकम्प पश्चात नेपालमा ठूलो सहयोग वितरण गरेको थियो ।

Trending News