आरडिटिमा पोजिटिभ देखिएका धादिङ गजुरीका डिएसपीसहित ३ प्रहरीको पिसिआर नेगेटिभ !

आरडिटिमा पोजिटिभ देखिएका धादिङ गजुरीका डिएसपीसहित ३ प्रहरीको पिसिआर नेगेटिभ !

धादिङ, जेठ ११ । इलाका प्रहरी कार्यालय गजुरीका एक डिएसपीसहित ४ जनाको कोभिड १९ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।


यसअघि र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) परिक्षणका क्रममा डिएसपी सहितका ३ जना प्रहरीको एन्टिबडि पोजिटिभ देखाएको थियो ।

गजुरीमा कार्यरत ४२,४५ र २९ बर्षिय ३ जना सुरक्षाकर्मी र गजुरी गाउँपालिका–८ का ३३ बर्षिय एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नेगेटिभ देखिएको हो ।


एक डिएसपीसहित ३ जना प्रहरी र एक अर्का व्यक्ति पनि आइसोलेशनमा बसेका थिए । पिसिआर नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको छ ।

Trending News