थप ७२ जनामा कोरोना संक्रमण पुष्टि : रौतहट, बारा र दैलेखमा संक्रमित थपिए, कुल ७ सय ७५ पुग्यो !

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि : रौतहट, बारा र दैलेखमा संक्रमित थपिए, कुल ७ सय ७५ पुग्यो !

काठमाडौं, १२ जेठ । थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार ७२ जनामा कोरोना संक्रमण देखिएपछि कुल संक्रमित संख्या ६ सय ७५ पुगेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा धनुषाको नगराइन नगरपालिका ३ मा ३०, ३१ र ४५ वर्षका ३ पुरुषमा कोरोना देखिएको छ । त्यस्तै कपिलवस्तुमा १९,२० र २३ वर्षका ३ पुरुषमा कोरना देखिएको छ ।


काठमाडौंको टोखा नगरपालिका ३ र ६ बुढानिलकण्ठ नगरपालिकाको ३ मा गरी २७, ४१ र ३७ वर्षका ३ पुरुषमा पनि कोरोना देखिएको छ ।


रौतहटमा २६ जनामा एकै साथ कोरोना संक्रमण देखिएको छ । रौतहटको राजपुर फारदहवा र इशनाथ नगरपालिका विभिन्न उमेर समुहका व्यक्तिमा कोरोना देखिएको हो ।


बाराको गडिमाई नगरपालिमा थप २१ जना मा कोरोना संक्रमण देखिएको छ । दैलेखमा पनि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Trending News