एकैदिन १ सय १४ जना कोरोना संक्रमण पुष्टि, ८ सय ८६ पुग्यो

दियो पोस्ट  

काठमाडौँ, १४ जेठ । थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ।

तीमध्ये १८३ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरसका कारण ४ जनाको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार सबैभन्दा धेरै संक्रमण पुष्टि भएको हो ।