कोरोना भाइरस सक्रमणबाट थप १ जनाको मृत्यु : १ सय ७० जना संक्रमित थपिएपछि १ हजार २ सय १२ पुग्यो

कोरोना भाइरस सक्रमणबाट थप १ जनाको मृत्यु : १ सय ७० जना संक्रमित थपिएपछि १ हजार २ सय १२ पुग्यो

काठमाडौँ, १६जेठ । थप १ सय ७० जनामा कोरोना भाइरस कोभिड १ढ को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्। योसँगै नोलमा कुल संक्रमितहरुको सख्या १ हजार २ सय १२ पुुगेको छ ।

उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँग नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

Trending News