दैलेख, १७ जेठ । दैलेखको दुल्लू नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ४० बर्षे पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
तीनदिन अघि स्वाब संकलन गरी परीक्षणमा पठाइएकोमा आज नतिजा आएको दुल्लु अस्पतालका डाक्टर पुजा बि.सीले जानकारी दिए।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका गरिएको थियो । दशदिन अघि भारतबाट दैलेख आएका युवाहरुको समूहमा आएर उनी क्वारेन्टाइनमा बसेका थिए ।
मृतक पुरुष बस्ने गरेको कोठामा अन्य २ जना पनि बस्ने गरेका थिए ।
संक्रमितको शव समातेका व्यक्तिहरुको पहिचान गरेर छुट्टै राख्ने तयारी गरिएको छ ।
मृतक पुरुषको दाहसंस्कारको बारेमा दुल्लु नगरपालिकाले सर्वदलिय बैठक आव्हान गरेर स्थान छनौट लगायतको प्रक्रिया थालनी गरेको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।