धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्प !

दियो पोस्ट  

धादिङ, १७ जेठ । धादिङको निलकण्ठ नगरपालिका स्थित सुनौलाबजार केन्द्र विन्दु भएर शनिबार राती भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको हो ।

शनिबार राती ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु बनको हो । जसलाई २०७२ साल वैशाख १२ को भूकम्पको परकम्पको रुपमा केन्द्रले व्याख्या गरेको छ ।