Darted rhino. The translocation of ten Greater one-horned rhinoceros (Rhinoceros unicornis) from Royal Chitwan National Park to Royal Bardia National Park is a joint initiative of the Department of National Parks and Wildlife Conservation, King Mahendra Trust for Nature Conservation and WWF Nepal Program. . By establishing a new, viable population of rhinos in Bardia, human-rhino interactions are not only reduced in Chitwan but so is the threat of extinction should a natural or other disaster hit Chitwan. 2003. Terai Arc, Nepal
काठमाडौं, ९ जेठ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।
उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।
उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।
उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो ।
उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । रासस