काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरू भएको छ । भेटवार्तामा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखड बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । आजै होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई पनि सम्बोधन गर्ने बताइएको छ । ।