उदायपुर सिमेन्ट टाट पल्टाएर विदा भए गोपीकृष्ण न्यौपाने : अर्बौंको भार थपियो

दियो पोस्ट  

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्ध गोपीकृष्ण न्यौपानेले राजिनामा दिएका छन् । व्यवस्थापकीय नेतृत्व गर्न असक्षम रहेका कारण उद्योग नै धराशायी बनाएर उनले राजिनामा दिएका हुन् ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगलाई न्यौपानेले टाट पल्टाएका थिए । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजिनामा बुझाएका हुन् ।
मन्त्री रमेश रिजाल समक्ष उनले राजिनामा दिएका हुन् । उनका कारण उद्योगमा २ वर्षमै एक अर्बभन्दा बढी भार थपिएको थियो । विद्युत बक्यौता समेत करोडौँ तिर्न नसकेपछि लाइन काटिएको थियो । महानिर्देशक न्यौपानेका कारण उद्योग टाट पल्टिएपछि विभिन्न चार मजदुर संगठनहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमै धर्ना दिन आइपुगेका थिए ।
उद्योगको महानिर्देशक भएर न्यौपानेआएपछि चरम विकृति भित्र्याइएको थियो । क्रसरबाट २ टनभन्दा बढी हेमर फलाम चोरी भएको छ । यो चोरीमा समेत न्यौपानेको रहस्यमयी मौनता रहेको छ । त्यतिमात्रै होइन एलसीबाट आएको कोइला जाँचपास समेत नगरी प्रयोग गरिएको थियो । त्यस्तै खानी र भुस मिसाइएको कोइला आयात गरिएको विषय समेत दियोपोस्टले उठाउँदै आएको थियो ।