अवैध लागूऔषध चरेससहित जर्मन नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अवैध लागूऔषधसहित एक जना जर्मनी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्‍ट्रिय विमान स्थलबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय ६० ग्रामसहित उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६३ वर्षीय पउल वेर्स्ट रहेका छन् ।  टर्किस एयरलाइन्स उडानद्वारा काठमाडौंबाट इस्तानबुल स्तानबुल हुँदै जर्मन जान लागेका उनको २ वटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर

सिफारिस