
काठमाडौं । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी लु १ च ६३४५ नम्बरको कार दुर्घटना परेको छ । कारमा चालक र ४ जना बालबालिकासहित ८ जना रहेको प्रहरी जनाएको छ । स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पतालबाट आएपछि नै थाहा हुन्छ ।’
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।