प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

दियो पोस्ट  

काठमाडौं । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

पूर्व बाल सैनिक लेनिन विष्टले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।