भाइले गरे आफ्नै दाईको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको महानगरपालिका–२३ ओमबहालमा गए राती भाइ २५ वर्षीय सुरज शाक्यले आफ्नै दाई ४५ वर्षीय सूर्य शाक्यको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ।
प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती करिब १२ बजेतिरको हो । यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । धारिलो प्रहार प्रयोग गरेपछि भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो ।

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस