राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पतालमा भर्ना

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान गंगालाल अस्पताल भर्ना भएका छन् ।केही समयअघि मात्रै राष्ट्रपति पौडेल भारतमा उपचार गरेर फर्किएका हुन् । राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ।

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएनन् । अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।