अर्काको नाममा लोक सेवाको परीक्षा दिने २ जना पक्राउ

दियो पोस्ट  

एक–अर्काको नाममा लोक सेवा परीक्षा दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भएका ३० वर्षीय नारायण यादव र सोही ठाउँ बस्ने ३३ वर्षीय मनोजकुमार शर्मा रहेका छन् ।
यादवले लोक सेवा आयोग बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा सुतिहारको नाममा परीक्षा दिएका पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत छन् ।
दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले जनाएको छ ।