काठमाडौं । बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा ५ जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन्।
कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूको खातामा करोडौं रकमको कारोबार भएको देखिएको छ। उनका श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँ, आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत कारोबार गरेको जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।
उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पत्रकार सम्मेलन गरी बुधबार सार्वजनिक गरेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।