
इलाम । इलाममा आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३५ वर्षीय बुबालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले उनलाई जन्मकैदसहित ७ लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ ।
पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । घरमा परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरेको कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले जनाएको छ ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचारको क्रममा रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटना लगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।