अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा

दियोपोस्ट संवाददाता

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट ५ लाख ६ हजार रुपैयाँ बराबरको लटपाट गरी ल्याइएको मोबाइल र बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो । मोटरसाइकल चालकसहित सवारहरू भने प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएका थिए ।

नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

सम्बन्धित खबर

सिफारिस