अवैध रुपमा ल्याइएको १ लाख ९८ हजार बराबरको सामान बरामत

दियोपोस्ट संवाददाता

कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ स्थित सेमरहवा ईलाकाबाट १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल वीओपी मर्यादापुरले बुधबार बरामद गरेको हो ।
बरामद भएको सामान सुठौली भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित खबर

सिफारिस