९ वर्षीय बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ

दियो पोस्ट  

स्याङजा । स्याङजामा हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका(६ सिंउडिबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले एक जना बालकलाई हंसिया प्रहार गरी हत्या गरेको आरोपमा गत शुक्रबार दिउँसो पक्राउ परेका छन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ९ वर्षीय हर्षित देवकोटा रहेका छन् । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीको टोलीलले घटना पश्चात फरार रहेका सुजनलाई
पुतलीबजार नगरपालिका–१ बाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।