भन्सार छलि ल्याएको सामानसहित एक जना पक्राउ

दियो पोस्ट  

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा ईलाकाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा भन्सार छलि ल्याएको सामानसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्रनउ पर्नेमासोही नगरपालिका–९ बस्ने ३५ बर्षिय गोपाल आडवानी रहेका छन् । उक्त मोटरसाइकल जाँच गर्ने क्रममा १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र मोटरसाइकलसहित प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको प्रहरीको टोलीले शनिबार नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही ईलाकाबाट १ लाख ५ हजार ७ सय ८५ रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकलसहित आडवानीलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।