८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

रौतहट । रौताहटमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिर रहेका छन् । फकिरले ती बालिकालाई गत जेठ २८ गते दिउँसो सोही नगरपालिका–८ जयराजपुरस्थित झुपडि घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।