९ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

दियो पोस्ट  

दैलेख । दैलेखमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–३ कोईराल गाउँ बस्ने रेशम बहादुर खत्रीको छोरा ९ वर्षीय गगन खत्रीको मृत्यु भएको छ । सोही ठाउँस्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।