बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न तुम्लिङटारमा प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुगेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङसहितको टोली उक्त स्थान पुगेको हो ।

प्रधानमन्त्रीले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका छन् । प्रधानमन्त्रीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उनले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज जोडेर सडक सञ्जालमा जोड्न, घरबार विहीनलाई आवासको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।