छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका–४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका–९ बस्ने १६÷१६ वर्षीय २ जना किशोर रहेका छन् । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी मंगलबार साँझ पक्राउ गरेको हो ।
साथै बर्दियाकै गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अनमोल शाह र सोही उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी प्रहरी टोलीले से.७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।

साथै रुपन्देहीको सियारी गाउँपालिका–४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७९ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय सुभाष मल्लाह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँमा रहेको उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ मंगलबार दिउँसो गरेको हो ।

साथै महोत्तरीको बर्दिबास नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १२ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सिन्धुली नगरपालिका–४ मिलन चोक बस्ने २० वर्षीय सुमन ढकाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २ –०२–००१ ह ०९४६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा टेम्पोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।

यसैसाथ धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवा खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने पुरान बहादुरसहित २ जना रहेका छन् । अस्थायी प्रहरी पोष्ट खत्रीपौवा र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२०–१२ प ९८१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।