श्रोत नखुलेको ३३ लाख ५० हजार नगदसहित एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङ ङिस्याङ गाउँपालिका–४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेका छन् । उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो । पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।