श्रीमानद्धारा श्रीमतीको हत्या

दियो पोस्ट  

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गाउँपालिका–३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राई रहेका छन् । लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा ३१ वर्षीया निशा राईको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।