बारा । श्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्र रहेका छन् । विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका ना ३७ प ९७३५ नम्बरको मोटरसाईकलमलाई जाँच गर्दा उक्त रुपैयाँ फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी मटिअर्वा)ले पक्राउ गरेको हो ।
पक्राउ परेका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।