छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने गिलो पदार्थ २ ग्राम २२ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ पागाङ्ग गुम्बा, पैयोग खस्महल बस्ने २५ वर्षीय प्रध्युमा क्षेत्री रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा.प्र.०१–००६ ख ४५८८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण राउत थारू रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।