नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व)मा चट्याङको झड्काले एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ भटुके बस्ने ५७ वर्षीय छविलाल सारुको मृत्यु भएको छ । सोही गाउँपालिका–१ गोग्दीस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।