खोलामा डुबेर एक जना बालकको मृत्यु

दियोपोस्ट संवाददाता

नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ गिरुबारी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ सिता राईसमिल बस्ने लक्ष्मी बुचा थापाको छोरा ११ वर्षीय सुगम थापा रहेका छन् । खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस