छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला

दियो पोस्ट  

 काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला परेका छन् । दाङको गढवा गाउँपालिका–१ धोद्राहीबाट एक जना मृत अवस्था फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर राना रहेका छन् । उनको सोही ठाउँस्थित नहरमा लावारिस अवस्थामा शव फेला परेको हो ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ बस्ने मनोज गुरुङको घरमा ट्याक्टर चालकको काम गर्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खादबारी नगरपालिका–४ घर भएका २५ वर्षीय विशाल तामाङ गुरुङ रहेका छन् । मनोजकै घरमा लावारिस अवस्था बुधबार फेला परेको हो ।

साथै झापाको कमल गाउँपालिका–१ माँझगाउँ सुकुम्बासी बस्ती बस्ने ५२ वर्षीय बुद्बीराज मुर्मु मृत अवस्थामा फेला परेका छन् । उनको सोही ठाउँस्थित खेतमा बुधबार लावारिस अवस्थमा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।