लावारिस अवस्थामा शव फेला

दियो पोस्ट  

मकवानपुर । भीमफेदी गाउँपालिका–८ रिठ्ठेदमारस्थित बागमती खोलाको किनारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव रहेका छन्  । उक्त शव सडीगलेको अवस्थामा बुधबार फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।