अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

जुम्ला । जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिला गाउँपालिका–२ घर भई हाल चन्दननाथ नगरपालिका–४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका–२ बस्ने २३ वर्षीय खुम बहादुर रावत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले प्रकाश बोहराको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध सोही नगरपालिका–५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।