डाँका–चोरी तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

सुनसरी । डाँकाचोरी तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबी नगरपालिका–१ प्रस्टोकी बस्ने ४० वर्षीय फिर्ता हुसेन( फिदा) रहेका छन् । जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएका थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–८ सोनापुरबाट बुधबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ । ।