करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

चितवन । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–११ मालपोत चोक बस्ने सोही महानगरपालिका–१५ रामपुरमा आल्मोनियमको झ्याल ढोका बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका–३ घर भएका ३० वर्षीय बिमल प्रधान रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।