
जाजरकोट । जाजरकोटमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–१ र १२ को सिमानास्थित छेडा खोलाको रिठे दहमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा शिवालय गाउँपालिका–९ नाहाडा बस्ने ४२ वर्षीय धन बहादुर बुढा र छेडागाड नगरपालिका–१ घडेरी बस्ने ४२ वर्षीय नर बहादुर सार्की रहेका छन् । माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएको उनीहरूको खोजी गर्ने क्रममा बिहीबार दिउँसो शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।