१६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन् । सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ शुक्रबार बिहान गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।