मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियो पोस्ट  

रौतहट । रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको वृन्दावन नगरपालिका–७ धमैरास्थित सडकमा प्र.२–०३००७ प ६०३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय जादोलाल पासवान रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गरुडास्थित अनमिका अस्पताल हुँदै थप उपचारको लागि केएमसि अस्पताल काठमाडौं पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस