करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाका मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको छ । उनको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।