चटयाङ लागेर बागलुङको २ जनाको मृत्यु, एकजना घाइते

दियो पोस्ट  

बागलुङ । बागलुङमा चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानीका बस्ने चित्रबहादुर विकका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको शनिबार राति मृत्यु भएको छ। साथै उनकी श्रीमती यमकुमारी विक गम्भिर घाइते भएकी छिन् । उनीलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका हुन। साथै चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको डिएसपी केसीको भनाइ छ ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।