टिपरको ठक्करबाट एक जनाको मृत्यु

दियो पोस्ट  

हेटौँडा । हेटौँडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका–२ चौकी टोलमा बाग्मती प्रदेश ०३–००१ ख ८५१ नम्बरको टिपरले भैँसेबाट हेटौँडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ जरुवाटोल बस्ने २५ वर्षका अमित कपाडी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मत्यु भएको हो । साथै दुर्घटना घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइ घर फर्केको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस