
काठमाडौं । पैडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारी रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा थप उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । साथै पौडी खेल्ने क्रममा दोलखा घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र दाहाल गम्भीर घाइते भएका छन् । दाहाललाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि केएमसी अस्पताल रिफर गरिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।