उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

उदयपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान(तामाङ) रहेका छन् । टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।