स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । भक्तपुरमा स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । जिल्लाको नगरपालिका–१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई हाल भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जना रहेका छन् । उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।